२९ आश्विन २०८३, बिहिबार

यस्तो ठाउँ जहाँ दुलहीले दुलाहालाई आफ्नो घर भित्र्याउछन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dulahi-300x228काठमाडौं । विश्वका अधिकांश देशमा दुलाहा घोडा वा गाडीमा बसेर दुलही लिन जान्छन् । तर, मेसेडोनियाको राजधानी स्कोपजेमा एउटा परम्परागत विवाहमा दुलाहा होइन, दुलही घोडामाथि बसेर दुलाहा लिन जान्छिन् ।

केही खास जोडीका लागि सेन्ट पिटर्स डेका दिन परम्परागत विवाह समारोह हुन्छ, जुन तीन दिनसम्म चल्छ । विवाह समारोहमा दुलही दुलाहाको घरमा पुगेपछि दुलाहाले परम्परागत नृत्य गर्दै दुलही र जन्तीको स्वागत गर्छ ।

र, आफ्नो टोपी हल्लाएर उनीहरूलाई घरभित्र आउन अनुरोध गर्छ । त्यसक्रममा दुलहीले इन्गेजमेन्टको औँठीबाट दुलाहाको अनुहार हेर्छे । त्यसैगरी बिहेको एक दिनअघि रातिको समयमा बेहुलाका आफन्तहरू टर्च बोकेर घरको वरिपरि चक्कर लगाउँछन् । नयाँ पत्रिकामा खबर छ ।