
काठमाडौं, १६ जेठ । एनएमबी बैंक र हिल्टन होटलबीच सम्झौता भएको छ ।
एनएमबी बैंकका ग्राहकहरूले विशेष छुट पाउने सम्झौतामा सहमति भएको हो । सम्झौताअनुसार हिल्टन काठमाडौंमा उपलब्ध विभिन्न सेवा सुविधा उपभोग गर्दा एनएमबी बैंकका कर्मचारी र ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
त्यस्तो छुट प्राप्त गर्नका लागि ग्राहकहरूले एनएमबी बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट बिल भुक्तानी गर्नुपर्ने बैंकले बताएको हो ।
यो सहकार्यबाट नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समयसमयमा यस्ता ग्राहकमैत्री दिगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।








प्रतिक्रिया