काठमाडौं, १ साउन । पुरुषले महिलालाई बलात्कार गरेको त धेरै सुन्नुभएको होला । तर यहाँ एक रिक्सा चालकमाथि दुई युवती मिलेर बलात्कारको प्रयास गरेका छन् ।
यो अचम्मको घटना भारतको दिल्लीको हो । भारतीय संचार माध्यमका अनुसार दुई युवतीले एकजना अटो रिक्सा चालकलाई बलात्कार गर्न खोजेको घटना प्रहरीमा आइपुगेको छ ।
बलात्कार गर्न खोज्ने दुई युवतीमध्ये एक भारतीय र एक विदेशी युवती रहेका छन् । प्रहरीले घटनापछि एक भारतीय युवतीलाई गिरफ्तार गरेको छ भने विदेशी युवती फरार छिन् ।
दुबै युवतीले ती युवकलाई फिल्मी तरिकाले एक फ्ल्याटमा लगे । त्यसपछि उनीसँग अभद्र व्यवहार गर्न खाजे । ड्राइभर त्यहाँबाट कुनै पनि हालतमा भाग्न सफल भए तर, भाग्ने क्रममा कालकुनीबाट हाम फाल्दा उनको खुट्टा भाँचिएको छ ।
प्रहरी युवतीलाई गिरफ्तार गरेर घटनाको छानविन गरिरहेको जनाएको छ । साथै फरा विदेशी युवतीको पनि खोजी भइरहेको छ ।
हेर्नुस् भारतीय टेलिभिजनले सार्वजनिक गरेको भिडियो :















प्रतिक्रिया