काठमाडौं, १ साउन । नेपालमा शुक्रबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको हो । आज विहान ५ बजेर ९ मिनेटमा गएको धक्काले स्थानीयहरु त्रसित भएका छन् ।
केन्द्रका अनुसार गोरखामा गएको धक्का ४ रेक्टर स्केलको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि गोरखा केन्द्रविन्दु भएर एक दर्जन बढी धक्का महसुस गरिएका छन् ।
यसअघि मंगलबार दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो ।















प्रतिक्रिया