३० आश्विन २०८३, शुक्रबार

पीएम कप एनभीए भलिबल लिगको उपाधि टिपटप हेल्प नेपाललाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नवौँ पीएम कप एनभीए भलिबल लिगको पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ ।

गण्डकी प्रदेशलाई पराजित गर्दै टिपटपले उपाधि जित्न सफल भएको हो । पोखरा रगंशालास्थित कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि हात पारेको हो।

सुरुवाती २ सेटमा पछि परेको हेल्प नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमन गरेको हो। हेल्प नेपालले गण्डकीलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र १५–८ को जित दर्ता गरेको हो।

आजै भएको महिलातर्फको फाइनलमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् एकेडेमीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले महिलातर्फको उपाधि रक्षा गरेको छ। पुलिस क्लबले डायमण्डलाई ३–१ को सेटमा पराजित गरेको हो ।

आजै भएको महिलातर्फको तेस्रो स्थानको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको छ। लिगको दुवैतर्फका विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैंया पाउनेछन्।