८ कार्तिक २०८३, आइतबार

तनहुँको अरुणोदयमा रातो कार्ड वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १ साउन । जिल्लाको दक्षिण भेगमा पर्ने अरुणोदय गाविसमा भूकम्पपीडितका लागि रातो कार्ड वितरण गरिएको छ ।

गत वैशाख १२ गते र त्यसपछि पटकपटक गएको परकम्पले पूर्णरुपमा क्षति भएका घरका परिवारलाई रातो कार्ड वितरण गरिएको गाविस सचिव कृष्णराज तिम्सेनाले बताउनुभयो ।

उक्त गाविसले ५२ घरपरिवारलाई रु १५ हजारका दरले रु सात लाख ८० हजार वितरण गरेको गाविस सचिव तिम्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुुुसार सो गाविसमा ६६ घर पूर्ण रुपमा क्षति भएका छन् ।