८ कार्तिक २०८३, आइतबार

पुनरावेदन अदालतका ३४ र जिल्ला अदालतका ८८ न्यायाधीशको सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

court-orderकाठमाडौँ, ३१ असार । न्याय परिषद्को आजको बैठकले पुनरावेदन अदालतका चौतीस र जिल्ला अदालतका अठासी जना न्यायाधीशको सरुवा गरेको छ ।

प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले पुनरावेदन अदालतका ३४ र जिल्ला अदालतमा ८८ न्यायाधीशका सरुवा गर्ने निर्णय गरेको प्रधान न्यायाधीश श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “न्यायाधीश सरुवा भएको छ, मैले भर्खरै सही गरेर आएको छु, धेरै ठाउँमा भएको छ, किन धेरै सरुवा भयो, सबैलाई त्यही ठाउँ चाहिने, तानातानै भो, खोसा खोशै भो, मलाई त्यही चाहिन्छ, भन्ने भो, त्यही भएर धेरै ठाउँमा सरुवा भयो ।”

उहाँले राम्रोस्तरका न्यायाधीशहरु पनि दुर्गम जिल्लामा गएर त्यहाँका जनतालाई न्याय दिनुपर्ने भएकाले आफूले सबैलाई फरक–फरक ठाउँमा सरुवा गरेको बताउँदै भन्नुभयो, “सरुवा गरेका न्यायाधीशलाई असुविधा होला, त्यो आफ्नो ठाउँमा हुन्छ, तर त्यो ठाउँका जनतालाई न्याय दिँदा व्यावसायिक जीवनको महत्वपूर्ण कडी त्यहाँ हुन्छ ।” रासस