काठमाडौं, २८ जेठ । नवौं महाधिवेशन आउन तीन साता बाँकी रहँदा एमालेमा अध्यक्षका प्रतिस्पर्धीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओली पार्टी चलाउने ‘पिलरु छान्न व्यस्त छन्।
गुटगत रुपमा निर्वाचन लड्ने तयारी गरेका दुवै नेताले पदाधिकारीमा आ–आफ्ना निकटस्थ र सहयोगीलाई प्यानल उम्मेदवार बनाउन तयारी गरेका छन्। पदाधिकारीमा ओली समूहबाट पाकापुस्ता बढी देखिँदैछन् भने नेपाल समूहबाट जोसिला युवा बढी उम्मेदवार बन्दैछन्।
अध्यक्षमा प्रतिस्पर्धा गर्ने सार्वजनिक घोषणासँगै दुवै नेता सारथि तयार गर्न जुटेका हुन्।
ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो समूहबाट वरिष्ठ उपाध्यक्षमा उभ्याउँदैछन्। ओली गौतमसँग गठबन्धन गरेकै कारण संसदीय दल नेता हुन सफल भएका थिए।
त्यसैले उनले गौतमलाई प्राथमिकता दिएका छन् भने गौतम जसरी पनि ओलीलाई जिताउन कम्मर कसेर लागेका छन्। सोमबार आयोजित कार्यक्रममा गौतमले ‘नेपाललाई कहिल्यै उठ्न नसक्ने गरी हराउनेु उद्घोष गर्नुले पनि यसलाई पुष्टि गरेको छ।
ओली समूहबाट अन्य दुई उपाध्यक्षमा विद्या भण्डारी र प्रदीप नेपाललाई अघि सारिएको छ। भण्डारीले सार्वजनिक कार्यक्रममै गौतमलाई वरिष्ठ उपाध्यक्ष र ईश्वर पोखरेललाई महासचिवमा उठाउने घोषणा गरेकी थिइन्।
ओलीले पनि पोखरेललाई उत्तिकै प्राथमिकता दिएका छन्। अघिल्लो महाधिवेशनमा विपरीत समूहबाट महासचिव जितेका पोखरेल यसपटक ओली समूहबाट महासचिवको उम्मेदवार बनाइँदैछन्। नागरिक दैनिकबाट













प्रतिक्रिया