काठमाडौं, ३१ असार । १५ युवकले एक भाईलाई बन्धक बनाएर उनकी दुई बहिनीलाई उनकै अगाडि सामुहिक बलात्कार गरेका छन् ।
घटना भारत बिहारको हो । विहारको सासाराम स्थित मन्दिरबाट फर्किरहेका दुई नाबालिका बहिनीसँग १५ जना युवकले सामुहिक बलात्कार गरेका हुन् । त्यो पनि उनकै भाईको अगाडि । तर, अहिलेसम्म सबै आरोपी फरार छन् ।
यो घटना सासारामको चन्दतन शहीद पहाड इलाकामा बुधवार भएको हो । पीडित युवतीको उमेर १६ वर्ष मात्रै थियो । र दुबै कक्षा ७ र ८ मा पढ्छन् ।
यो घटना त्यो बेला घट्यो जब दुबै बहिनी आफ्ना भाईसँग ताराचण्डी मंदिरबाट पूजा गरेर फर्किँदै थिए । त्यही बेला युवकहरुले चक्कु देखाई डराएर भाईलाई बन्धक बनाए । त्यसपछि उनकै अगाडि दुबै बहिनीसँग बलात्कार गरे । यस्तो क्रुरर्तापूर्ण घटना करिब २ घण्टासम्म चल्यो । त्यसलगत्तै बन्धक बनाइएका भाई डोरी काँटेर त्यहाँबाट भाग्न सफल भए ।
भागेर उनी नजिकैको गाउँ रिहाइशी इलाकामा पुगेर गाउँलेलाई जानकारी गराए । त्यसपछि स्थानीय गाउँले घटनास्थलमा पुगे । तर त्यो बेलासम्म आरोपी युवाहरु भागिसकेका थिए ।
घटनापछि दुबै बहिनीलाई बेहोस अवस्थामा सासारामको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार दुबै नाबालिका युवतीको हालत गम्भीर छ ।
पुलिसले मुद्दा दर्ता गरी आरोपीको खोजी सुरु गरेको छ । पुलिस आरोपीलाई पक्राउ गर्न सहरभरी छापा हानिरहेको छ । चाँडै नै अपराधी हिरासतमा आउने प्रहरीको दाबी छ । एजेन्सी















प्रतिक्रिया