८ कार्तिक २०८३, आइतबार

भूकम्प प्रभावित जिल्लामा तैनाथ नेपाली सेना ब्यारेक फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-senaकाठमाडौँ, ३१ असार । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि सरकारको निर्देशन र तोकेको समयसीमाअनुरुप भूकम्प प्रभावित जिल्लामा अस्थायी शिविर खडा गरी राहत तथा उद्धारमा तैनाथ नेपाली सेनाको टोली आज ब्यारेक फिर्ता भएको छ ।

भूकम्पपछि सेनाले अपरेसन ‘सङ्कट मोचन’ सञ्चालन गरी प्रभावित जिल्लामा प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा भग्नावशेष व्यवस्थापनलगायत अन्य मानवीय सहयोग र जनहितका कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न खटिएको थियो ।

भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदलमा खटिएको र पुरातत्व विभागसँगको समन्वयमा पुरातात्विक महत्वका स्थानमा खटिई कार्यरत सेनाका टोलीले निरन्तर रुपमा कार्य गरिरहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस