८ कार्तिक २०८३, आइतबार

गाई मारेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cowमेलम्ची, ३१ असार । सिन्धुपाल्चोकको इचोक–२ बाट गाई मारेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

गाईको टाउकामा चिर्पटले हानी मारेर काट्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले स्थानीयवासी ६६ वर्षीय खेन्द्र तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।

सो ठाउँमा प्रहरी पुग्दा तामाङले मारिएको गाईलाई गोठमा स्याउलाको पत्करले छोपी राखेको अवस्थामा भेट्टाएको थियो । गाई¬¬गोरु मारेको अभियोग प्रमाणित भए १२ वर्षसम्म कैद सजायको व्यवस्था हुनेछ । रासस