मैदान सार (अफगानिस्तान), ३१ असार । अफगानिस्तानको वार्दाक प्रान्तमा बिहीबार गरिएको चालकरहित विमान (ड्रोन) आक्रमणमा आठ अफगान तालिवान आतङ्ककारी मारिएका एक स्थानीय अधिकारीले जनाएका छन् ।
जाल्रीज जिल्लाको तोर्खिल गाउँमा तालिवान आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी सो चालकरहित आक्रमण भएको बताइएको छ ।
बिहीबार बिहान गरिएको यस आक्रमणमा परी तालिवानका कमाण्डर मुल्लाह साफिउल्लाहसहित आठजना मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल पाली नुरजाइले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
स्थानीय समयाअनुसार बिहीबार बिहान ४ बजे भएको यस आक्रमणमा सर्वसाधारण हताहत कुनै समाचार नभएको जनाइएको छ ।
करिब दुई हप्ता अगाडि वार्दाक प्रान्तको जाल्रिज जिल्लामा भएको एक आक्रमणको २८ प्रहरीको ज्यान गएको थियो ।
यस आक्रमणमा आज मारिएका तालिवान कमाण्डर मुल्लाह साफिउल्लाह हात रहेको सरकारी अधिकारीहरुको दाबी रहेको छ ।
तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा















प्रतिक्रिया