काठमाडौँ, ३१ असार । एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
लिवाङ नगरपालिका–७ स्थित रुडास (ग्रामिण विकास तथा चेतना समाज नेपाल) केन्द्रीय कार्यालय भवनको तेस्रो तलाको पंखामा सो कार्यालयका अध्यक्षकी श्रीमती रोल्पा जुगार–२ की ३२ बर्षीया दिलमाया डाँगी सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा विहिबार फेला परेकी हुन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनको शवलाई पोष्टमार्टमका शिक्षण अस्पताल लगिएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।
यसैगरी महोत्तरी बर्दिवास–३ बस्ने ३७ बर्षीय सावित्री परियार आफ्नै घरको कोठामा रहेको बलोमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा विहीबार फेला परेकी छन् ।
यसैगरी काभ्रे काशिखण्ड नगरपालिका–१२ बस्ने ४५ बर्षीय चेतकुमारी गौतम घर नजिक रहेको एकतले गोठको धुरीबलोमा पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा बुधबार फेला परेकी छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया