३० आश्विन २०८३, शुक्रबार

नेपाली क्रिकेट टीमका फिजियो यौन दुर्व्यवहारको आरोपमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aijaz-Bashir-Ashai

काठमाडौँ, ३१ असार । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली क्रिकेट टोलीका फिजियो डा एजाज वसिर असाईलाई पदबाट हटाएको छ ।

आयरल्याण्डमा नेपाली टोलीसँगै रहेका डा असाईले स्थानीय महिलालाई यौन दुव्र्यबहार गरेको अभियोग प्रमाणित भएकाले पदबाट तत्कालै हटाउने निर्णय गरिएको क्यानका कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यले बताउनुभयो । “डा असाईले महिलामाथि अभद्र व्यवहार भएको पुष्टि भएकोले हटाइएको हो”, उहाँले भन्नुभयो ।

नेपाली टोलीसँगै ला मोन्ट होटलमा रहेका ४२ वर्षका असाईले महिला मसाजरलाई यौनिक आसयको व्यवहार गरेको पुष्टि भएपछि उनी पक्राउ परेका छन् ।

टी-ट्वन्टी विश्वकप छनोटका लागि नेपालले भारतका क्रिकेट फिजियो असाईलाई राष्ट्रिय टीमको फिजियोमा नियुक्त गरेको थियो । रासस