३० आश्विन २०८३, शुक्रबार

फ्री भिसा र फ्री टिकटको एनआरएनबाट स्वागत, श्रम मन्त्रीको कदमको प्रशंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-bhadur-rokahaकाठमाडौँ, ३१ असार । एनआरएनका गल्फ संयोजक चन्द्रबहादुर रोकाहाले वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले ल्याएको फ्री भिसा र फ्री टिकटको व्यवस्थाको स्वागत गरेका छन् ।

श्रम मन्त्रालयले ल्याएको नयाँ व्यवस्थाले नेपाली कामदारलाई फाइदा पुग्ने भन्दै रोकाहाले त्यसको कार्यान्वनका लागि आग्रह समेत गरेका छन् ।

‘बैदेशिक रोजगारमा जाँदा रोजगारदाता कम्पनीले आतेजाते हवाई टिकट र भिषा शुल्क बापत लाग्ने खर्च बेहोर्नु पर्ने र कामदारबाट कुनै पनि शुल्क लिन नपाइने भन्ने श्रम तथा रोजगार मन्त्रालयको निर्णय स्वागत योग्य छ ।’ उनले भनेका छन् ।

एनआरएन लामो समयदेखि सरकारसँग खाडी मुलुकहरुमा निःशुल्क वैदेशिक रोजगारको माग गर्दै आएको स्मरण गर्दै उनले श्रम तथा रोजगार मन्त्रालयले चालेको कदम स्वागतयोग्य भएको र कार्यान्वयनलाई तिव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले वैदेशिक रोजगार व्यसायीहरुले श्रम सम्झौता नगरी निर्णय गर्नु गलत छ भन्ने एजेण्डामा असहमति जनाउँदै भने–‘श्रम सम्झौताको लागि श्रम तथा रोजगार मन्त्रालयले ती देशहरुलाई सम्झौताको लागि धेरै पटक पत्राचार गर्दा पनि ति देशहरु सम्झौता प्रति उदासिन रहेको कुरा हामीलार्इ मन्त्रालय बाट जानकारी आएको छ । नेपाल सरकारले चाहँदैमा सम्झौता हुँदैन र सम्बन्धित देशले केहि स्वार्थ देख्दैन भने सम्झौता को लागि चासो राख्दैन र यो धेरै लामो समय नहुन पनि सक्छ । नेपाली श्रमिकहरुको हक हित र सुरक्षा को लागि नेपाल सरकारले नै निर्णय गर्ने हो र श्रम मन्त्रालय को यो प्रयास सहि छ ।’

उनले अबको बाटो भनेको यो निर्णय कार्यान्वयन गर्नु र सम्बन्धित देशसंग श्रम सम्झौताको लागि हर प्रयास गर्नु नै भएको बताए ।

नेपालले श्रमिकहरुको हितलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले बैदेशिक रोजगार बिस्तार गर्ने ब्यवसायीहरुको महत्वपुर्ण योगदान पनि बिर्सिन नहुनेमा उनको जोड छ । ‘तर, अब्यबस्थित र कामदारको हित बिपरित हुने कुनै पनि ब्यबहारको राज्यले बेलैमा निदान गर्नुपर्छ ।’ उनले भने ।

उनले वैदेशिक रोजगार ब्यबसायलाई मर्यादित र ब्यबस्थित बनाउन पनि यो निर्णय उपयुक्त भएको बताउँदै अगाडि थपे–‘सम्पूर्ण बैदेशिक रोजगार ब्यवसायी साथीहरुलार्इ यो निर्णयको पालना गर्न र केवल पैसा र ब्यबसाय मात्रै हैन एउटा सच्चा देश भक्त नेपाली भएर सोच्न र गरिब नेपालीको पीडा बुझ्न अनुरोध गर्न चाहन्छु ।’