२९ आश्विन २०८३, बिहिबार

संसद् खुलाउन सरकार गम्भीर भएन : एमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist_building

काठमाडौं, २८ जेठ । अवरुद्ध संसद् सुचारु गर्न सरकार गम्भीर नभएको आरोप एमाआवादीले लगाएको छ । सरकारले संसद् खुलाउन तत्परता नदेखाउँदा बजेट अधिवेशन अवरुद्ध हुन पुगेको उसको आरोप छ ।

सत्तारूढ दल कांग्रेसले भने संसद् खुलाउन पहल भइरहेको उल्लेख गर्दै राजनीतिक समितिको नेतृत्व र कार्यक्षेत्रका कारण सहमति हुन नसकेको जनाएको छ ।

‘संविधानसभाभित्र विवादका कुरा राजनीतिक संवाद तथा सहमति समितिले गर्नुपर्छ,’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘संविधानसभा बाहिर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेलगायत काम राजनीतिक समितिले गर्ने हो ।’ प्रमुख दलबीच पुसको दोस्रो साता भएको चारबुँदे सहमतिमा शान्ति प्रक्रियाका बाँकी र संविधान निर्माणमा सहयोग पुर्‍याउन राजनीतिक समिति गठन गर्ने सहमति भएको थियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक समितिको संयोजकको दाबी गरेका छन् । उनले विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएको हैसियतले संयोजक पाउनुपर्ने दाबी गरेका छन् । कांग्रेस(एमालेले आलोपालो राजनीतिक समितिको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन् ।

संसद् खुलाउने विषयमा सरकार उदासीन देखिएको एमाओवादी संसदीय विभाग सचिव अग्निप्रसाद सापकोटाले बताए । ‘सरकारकै कारण संसदो बजेट अधिवेशन अवरुद्ध भएको छ,’ उनले भने, ‘राजनीतिक समितिको नेतृत्व विषयमा कांग्रेस, एमालेबीच समानता छैन । कांग्रेस केही लचक देखिए पनि एमालेको खास चासो देखिएन ।’ एमाओवादीले राजनीतिक समितिको नेतृत्व आफूलाई दिन कांग्रेस सकारात्मक देखिए पनि एमालेले नमानेको दाबी गरेको छ ।

एमाले नेता सुरेन्द्र पाण्डेले राजनीतिक समितिको नेतृत्व एउटै व्यक्तिलाई दिनेरनदिने विषयमा कुरा मिलिनसकेको बताए । ‘एमाओवादीले प्रचण्ड समितिको संयोजक हुनुपर्छ भन्ने दाबी गरेको छ,’ उनले भने, ‘यसमा छलफल हुँदैछ ।’ कान्तिपुर दैनिकबाट