ध्रुबराज अर्याल
लण्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको बेलायत शाखा गठन भएको छ ।
बेलायतमा रहेर नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा सक्रिय कलाकारहरुको भेलाले प्रतिष्ठानको प्रवासस्थित पहिलो शाखाको तदर्थ समिति गठन गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गायक बद्री पंगेनीको प्रमुख आतिथ्यतामा नीरमाया रोधी क्लबमा भएको भेलाले गायक मोहन गुरुङको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संगीतकार तुलसी राना मगर र गायिका कल्पना गुरुङ चयन भएका छन भने टंक शेरचन र गायक सुजन पराजुलीलाई क्रमशः सचिव तथा सहसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै कोषाध्यक्षमा रचनाकार निरा पिजी र सहकोषाध्यक्षमा नृत्यांगाना रश्मी पोखरेल रहेका छन् ।सदस्यहरुमा हरिमान गुरुङ, कला पोखरेल, देवी पौडेल, लक्ष्मण राना, अनिता राना मगर, गिरीबहादुर बाहिक चयन भएका छन । भेलाले प्रतिष्ठानको सल्लाहकारहरुमा भने गोरे तमु, गंगाधर गौतम, धनबहादुर गुरुङ र शेर सुनारलाई चयन गरेको छ ।
नवगठित समितिका सदस्यहरुले नेपाली लोक तथा दोहोरी संगीतको प्रबद्र्धनका लागि प्रतिष्ठानको बेलायत शाखा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वि सं. २०५७ मा गठन भएको प्रतिष्ठानले लोक तथा दोहोरी गीतको सम्बद्र्धन तथा कलाकारहरुको हकहितका लागि काम गर्दै आएको छ ।














प्रतिक्रिया