३० आश्विन २०८३, शुक्रबार

नेपालका कुन व्याट्सम्यानले कति रन बनाए ? (तालिका सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौं, ३० असार । टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले हङकङसामू ११० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आयरल्याण्डको बेलफास्टमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा १९.६ ओभर खेल्दै सबै विकेट गुमाएर १०९ रन बनाएको थियो ।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक २७ रन बनाए । त्यस्तै, राजेश पुलामीले २५ रन बनाउँदा सोमपाल कामीले १६ रन जोडे । सागर पुन र बसन्त रेग्मीले समान ११÷११ रन बनाए ।

कप्तान पारस खड्का १ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । सुवास खकुरेलले २ रन मात्रै बनाए । प्रदीप ऐरी पनि शून्यमा आउट भए । शक्ति गौचनले २ रन जोड्दा नेपाल अलआउट हुँदै १०९ रनमा समेटियो ।

cricket-board