२१ कार्तिक २०८३, शनिबार

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, २५ वैशाख । थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार रुपैयाँ खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन् ।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ ।

गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।