
काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गअन्तर्गत बैंक लुम्बिनी विकास बैंक लिमिटेडबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा तथा स्मार्ट क्युआरमार्फत क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् । साथै, लुम्बिनी विकास बैंकमा खाता हुने सम्पूर्ण व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्युआरमार्फत विभिन्न मोबाइल बैंकिङ तथा मोबाइल वालेटबाट रकम भुक्तानी लिन पाउनेछन् ।
लुम्बिनी विकास बैंकको कार्यालयमा आयोजित कार्यक्रमका बीच स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबीच स्मार्ट क्युआर र स्मार्ट पेको सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।















प्रतिक्रिया