– नरेश केसी
भैरहवा, ३० असार । आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्तीको अवसरमा भैरहवामा प्रभात फेरी, विचार गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व शान्तिभूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा नेपालकै रेकर्ड तोड्दै नेपाली भाषा साहित्यका द्योतक नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०२औं जन्मजयन्ती समारोह विशेष रुपमा मनाईएको छ ।
सँधै बन्द कोठाभित्र भानुको गुणगान गरेर मनाईने जयन्ती यसपटक वृहत ¥यालीका साथ सम्पन्न भएको छ । भैरहवामा सम्पन्न भानु जन्मजयन्ती नेपालकै ऐतिहासिक भएको विज्ञहरुले दाबी गरेका छन् । विचार गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कथाकार प्रा.डा. कपिल लामिछानेले भाषा साहित्यका द्योतक आदिकवि भानुभक्त आचार्यले लेखेका कृति अजर र अमर रहेको बताए । प्रमुख अतिथि प्रा.डा लामिछानेले भने “जसले कृति लेख्छ, त्यो जुग जुगसम्म बाँच्छ । भानुले रामायण लेखे, कविता लेखे, आजसम्म जीवित छन् ।”
सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सभासद् प्राज्ञ गोपीरमण उपाध्यायले नेपाल र नेपालीका धरोहर भानुभक्तको सम्मानमा नेपालकै ईतिहासमा पहिलो पटक भैरहवामा भव्य ¥याली तथा सम्मान कार्यक्रम आयोजना गरिएको जनाए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भाषा साहित्यको संरक्षण र संवद्र्धनमा रुपन्देहीका स्रष्टाहरुको योगदान अतुलनीय रहेको जनाए । सिद्धार्थ नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतमले सरकारले साहित्यको क्षेत्रमा लगानी कम गरेकोले यथोचित उपलब्धी नभएतापनि साहित्य परिषद्को सत्कर्ममा सामूहिक विद्यालय परिवारले विशेष सहयोग गर्नु स्वागतयोग्य भएको बताए ।

सोही अवसरमा परिषद्का अध्यक्ष विजय सागरले भानु सबै नेपाली भाषा साहित्य र संस्कृतिका अमूल्य निधी भएको हुँदा उनको सम्मानमा राज्यले यथोचित ध्यान दिनुपर्ने बताए । सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष गोकुल पोखरेलले संस्थागत विद्यालयहरुको तर्फबाट आदिकवि भानुभक्तको योगदानलाई उच्च कदर गर्दै भविष्यमा पनि सहकार्य गरिने बताए । साना बालबालिकाहरुलाई भाषा, साहित्य र संस्कृतिप्रति व्यवहारिक ज्ञान दिँदै असल नागरिक बन्ने कार्यमा अग्रसर बनाउने उद्देश्यले १८ वटा संस्थागत विद्यँलय आबद्ध सामूहिक विद्यँलय परिवारले भानुजयन्तीमा परिषद्सँग हातेमालो गरेको बताए ।
उक्त अवसरमा संस्कृतिविद् प्रा.डा गितु गिरी, साहित्यकार बालकृष्ण भट्टराई, जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, व्याब्सन रुपन्देहीका सचिव महेश भुर्तेल, समाजसेवी ओमकार गौचन, वरिष्ठ संचारकर्मी अर्जुन ज्ञवाली, साहित्यकार ईरादेवी थैब लगायतले मन्तव्य राख्दै भैरहवामा आयोजित २०२औँ भानु जयन्ती नेपाली भाषा साहित्यकै ईतिहासमा ऐतिहासिक भएको बताए ।
वक्ताहरुले शान्ति भूमि लुम्बिनीको प्रवेशद्वार भैरहवाबाट भाषा साहित्यको लागि एकताको विगुल फुक्ने काम समेत भएको तर्क गर्दै छिमेकी मुलुक भारतको सिक्किम दार्जिलिङमा त्यहाँको सरकारले भानुको सम्मानमा बिदा दिने गरेतापनि नेपालमा त्यस्तो केही नभएकोमा सरकारप्रति आक्रोशसमेत व्यक्त गरेका थिए ।
भट्टराई, गिरी र कलेजो फेरेको मान्छे सहित २० जनालाई सम्मान
सिद्धार्थ साहित्य परिषद् र सामूहिक विद्यालय परिवारको संयुक्त आयोजनामा भैरहवामा आयोजित २०२औँ भानु जन्मजयन्तीको अवसरमा नेपाली भाषा साहित्यको क्ष्ँेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टाहरु र यस वर्षको उत्कृष्ट कृति “कलेजो फेरेको मान्छे” लाई नगद, प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष विजय सागरको अध्यक्षता, प्रा.डा कपिल लामिछानेको प्रमुख आतिथ्यता, रुद्र ज्ञवालीको संचालनमा सम्पन्न विचार गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा प्रसिद्ध साहित्यिक पुरस्कार “सिद्धार्थ साहित्य पुरस्कार २०७१” साहित्यकार बालकृष्ण भट्टराईलाई, “सकला सिद्धार्थ वाङ्मय पुरस्कार २०७१” पुण्डरी अर्यालको “कलेजो फेरेको मान्छे” लाई, “टेकबहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार २०७२” स्रष्टा प्रा.डा गितु गिरीलाई प्रदान गरिएको हो ।
त्यसैगरी भानु सम्मान २०७२ बाट साहित्यकारहरु मणिराम भट्टराई, माधवप्रसाद पन्थी, देवेन्द्र घिमिरे, बमबहादुर थारु, ठाकुरचन्द्र शर्मा, अर्जुन ज्ञवाली, मदनप्रसाद पौडेल, रामबहादुर श्रेष्ठ, लक्ष्मी शर्मा, वेगलाल गहतराज, देवीप्रसाद न्यँैपाने ‘धीर’, छवि ज्ञवाली, सुन्दर वासी, राजेश श्रेष्ठ, ओमकार गौचन, नारायणप्रसाद अग्रवाल, राजुनारायण श्रेष्ठ, ज्ञानदेव हटुवाल, जनकवीर बज्राचार्य र ईरादेवी थैबलाई समेत सम्मान गरिएको छ । सम्मानित स्रष्टाहरुलाई परिषद्का अध्यक्ष सागर, प्रमुख अतिथि प्रा.डा लामिछाने र सामूहिक विद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेलले संयुक्त रुपमा नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा प्रकृति, जैविक विविधता र वनलाई विषयवस्तु बनाएर साहित्य सृजना गर्ने पाल्पा दोभानका स्रष्टा राजेश श्रेष्ठलाई “वनकवि” को उपाधि समेत प्रदान गरिएको थियो । सोही अवसरमा परिषद्बाट प्रकाशित “पदचिन्ह”को पनि विमोचन भएको छ ।
सामुहिक भानु पुरस्कार ज्ञवाली र पन्थलाई
यसैबीच सामूहिक विद्यालय परिवार रुपन्देहीले यसै वर्ष स्थापना गरेको सामूहिक विद्यालय भानु साहित्य पुरस्कार कवि रुद्र ज्ञवालीलाई प्रदान गरेको छ । नगद सात हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाई ज्ञवालीलाई सम्मान गरिएको हो । यसैगरी सामूहिक विद्यालय भानु युवा प्रतिभा पुरस्कार सिर्जनशील साहित्य समाजका अध्यक्ष तेजप्रसाद पन्थलाई प्रदान गरिएको छ । नगद पाँच हजार सहित पन्थलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो । वरिष्ठ साहित्यकार प्रा.डा कपिल लामिछाने, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष विजय सागर, सामूहिक विद्यालय परिवारका सल्लाहकार महेश भुर्तेल र परिवारका अध्यक्ष गोकुल पोखरेलले ज्ञवाली र पन्थलाई पुरस्कार प्रदान गरेका हुन् ।
यसैबीच सामूहिक विद्यालय परिवार अन्र्तगतका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुबीच भएको कविता प्रतियोगितामा सहभागी विजयी छात्रछात्राहरुलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सिनियर लेभल तर्फ मिर्नवा हाई स्कुलकी प्रेरणा थापा सान्त्वना, युनिभर्सल पब्लिक हाई स्कुलकी अंगुरी पाण्डे तृतीय, साई ग्लोबल उमाविकी सोनी शर्मा द्वितीय र लुम्बिनी शिक्षा निकेतन पर्सहवाकी दुःख विजय धवल प्रथम भएका थिए । यसैगरी जुनियर तहतर्फ न्यु मुन एकेडेमीका आस्था जिसी र एभरग्रिन प्यासिफिक ई.बो स्कुलका कविता कार्की सान्त्वना, सनलाईट ई.बो स्कुलकी सृजना थापा तृतीय, नेपाल नालन्दा उमाविकी अर्पिता नस्कार द्वितीय र मिनर्वा हाई स्कुलकी सलोनी पासी प्रथम हुन सफल भएका थिए ।
त्यसैगरी जुनियर छात्रतर्फ काशी नोबल एकेडेमीका समशेर अमानी सान्त्वना, फ्युचर लाईट ई.बो स्कुलका प्रशान्त काफ्ले तृतीय, मिनर्वा हाई स्कुलका क्षितिज चौधरी द्वितीय र सनलाईट ई.बो स्कुलका दिनानाथ चौधरी प्रथम भएका छन् । प्रतियोगिताका विजेताहरुलाई सोही अवसरमा पुरस्कृत समेत गरिएको थियो ।















प्रतिक्रिया