काठमाडौं । फ्याउरा र रकुन जातका जङ्गली कुकुरमा मुखबाट दिइएको खोप युरोपेली युनियन सदस्य राष्ट्रमा जङ्गली जनावरको रेबिज रोग नियन्त्रणका लागि उपयोगीसिद्ध भएको छ ।
युरोपेली खाद्यान्न सुरक्षा अधिकारी ले मङ्गलबार एक पत्रकार सम्मेलन गरी युरोपमा मुख्यगरी जङ्गली जनावरमा देखिने यो रोगले जङ्गली जनावरलाई ठूलो क्षति पु¥याउने गरेको बताइएको छ ।
सर्वेक्षणअनुसार उक्त खोपका कारण सन् २००३ मा देखिएका ३,७४८ रेबिज रोगी जङ्गली जनावर २०१४ आइपुग्दा २१५ मा झरेको सम्बन्धित अधिकारीहरूले जनाएका छन् ।
सन् २०१४ मा गरिएको सर्वेक्षणमा ८०० घरपालुवा जनावरमा पनि उक्त विधिबाट उपचार गरीएको र उक्त विधि उपयोगीसिद्ध भएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया