काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (एमए) प्रथम वर्ष परीक्षाफल प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार मङ्गलबार प्रकाशित गरेको हो ।
त्यसैगरी, परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्ष आंशिकतर्फको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरेको छ ।
उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np) मा हेर्न सकिने छ ।















प्रतिक्रिया