७ कार्तिक २०८३, शनिबार

पहिरोमा घर पुरियो, दुईको जीवितै उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ३० असार । पर्वतको नाङलिबाङ गाविस–४ मा गएराति पहिरोले घर पुरिएको छ । घर माथिबाट आएको पहिरोले भर पुरिँदा घरभित्रै पुरिएको अवस्थामा दुईको जीवितै उद्धार गरिएको छ ।

घरभित्र पुरिएको अवस्थामा ६० वर्षीया बेलमती परियार र उनका ८ वर्षीय नाति अनिश परियारलाई जीवितै उद्धार गरिएको हो । घरपछाडिको भित्तो भत्केर घर पुरेपछि भित्र रहेका हजुरआमा र नातिलाई स्थानीयवासीले उद्धार गरेका छन् । घरभित्र सुतिरहेको अवस्थामा पुरिएपछि घाइते भएका दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धार टोली पुगेको छ । पहिरोले अन्य मानवीय क्षति नभएको र घरभित्र रहेको अन्नपात, कुखुरा र लत्ताकपडा पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो । रासस