
काठमाडौं, १५ बैशाख । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूलाई खेदेका छन् ।
आन्दोलनमा ऐक्यवद्वता जनाउन भन्दै आन्दोलनरतस्थल बानेश्वर पुगेका पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूविरूद्व नाराबाजी गर्दै खेदेका हुन् ।
नेताहरू पुग्ने वित्तिकै शिक्षकहरूले आन्दोलनलाई राजनीतिकरण गर्न खोजेको भन्दै नाराबाजी सुरू गरेका थिए । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया