३० आश्विन २०८३, शुक्रबार

अभिनेत्री रेखा थापा ‘मीरा’ बाट नाटकमा डेब्यु गर्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकी छिन् ।

कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।

जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको छ ।

नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन् ।
नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ ।

यो नाटकको रियल्सन र रिडिङ सुरु भैसकेको छ ।