काठमाडौं, २९ असार । अन्तरवार्ता लिँदालिँदै एक पत्रकार काठमाडौंमा पक्राउ परेका छन् ।
हिमालयन न्यूज एक्सप्रेसका सम्पादक बताउने राम एकवाल चौधरीलाई प्रहरीले मंगलबार ग्यान्जुङ्ग होटलमा अन्र्तवार्ता लिदै गरेको अवस्था पक्राउ गरेको हो ।
उनले सिन्धुपाल्चोक थाङपालकोट ३ काघर हुने सुनिल थापालाई राष्ट्रिय अनुसन्धानको प्रहरी नायव सहायक असई बनाई दिन्छु भनेर ग्यान्जुङ्ग होटलमा अन्र्तवार्ताका लागि बोलाएका थिए ।
सँगसँगै उनले एक जनालाई राष्ट्रिय अनुसन्धानको एआईजी बताउँदै अन्र्तवार्ता समेत लिएका थिए । अन्तर्वार्तापछि अब काम हुन्छ भनी ६ लाख रुँपैया मागेका थिए । पीडितले दिएको ६ लाख रुपैयाँ लिएर फेरि अन्तर्वार्ताका लागि राजधानी आएका राम एकवाललाई पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
६ लाख रुपैयाँ लिएर पीडितसँग उनी सम्पर्कविहिन हुँदै आएका थिए । प्रहरीले पक्राउ गरी राम एकवाललाई महाशाखामा ल्याएर थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।साथै अन्र्तवार्ताकार राष्ट्रिय अनुसन्धानका एआईजी बनेका व्यक्तिको खोजतलास भईरहेको छ ।















प्रतिक्रिया