
काठमाडौं, १० बैशाख । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सुकेधारा हाइट्समा रहेको फाइब स्टार होटल मर्क्योर काठमाडौँ सुकेधारा हाइट्सबीच एससीटी यूपीआई कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ ।
यस सम्झौतापश्चात एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मक्र्योर काठमाडौँमा आफ्नो एससीटी–यूपीआई कार्डमार्पmत भुक्तानी गर्नुपर्नेछ ।
ग्राहकहरूले भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १० प्रतिशत तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । रुम महशुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।















प्रतिक्रिया