३० आश्विन २०८३, शुक्रबार

एनआरएनए कतारको सचिव पदमा रजकको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjye rajakघनश्याम पराजुली, दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको २०१५– २०१७ कार्यकालका लागी कतारमा विगत लामो समय देखी कार्यरत रुपन्देहीका सन्जय रजकले सचिव पदका लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

उनी समाज सेवा अभियान रुपन्देही कतारको अध्यक्ष हुन । रजक संस्थाको स्थापनाकाल देखी नै विभिन्न पदिय दायित्ववहन गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएका छन । सन् २००८ मा कतार प्रवेश गरेका रजकले रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताउछन । उनी एनआरएनए कतारको २०१३ देखी २०१५ सम्मको कार्यकालमा संस्थाको उपसमिती अन्तरगत रहेको सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण समितीको सदस्यमा रहेर काम गरिसकेका छन ।

उनले आफ्नो उम्मेदवारीको उद्धेश्य प्ष्ट पार्दै भने ‘सवैलाई जानकारी नै छ । कतारको हकमा हामी एनआएन होईनौ । हामिहरुलाई दोहरो नागरीताको चासो पनि छैन तर त्यस वाहेक पनि हामि यस संगठनमा रहेर धेरै कामहरु कतारमा कार्यरत श्रमिकहरुको हकहितका लागि गर्न सकिन्छ भन्ने आशा र भरोसाका साथ संस्था मार्फत प्रवासीहरुका आवाज संस्थागत गर्न यसलाई माध्यम बनाउनु पर्ने आजको आवश्यकता छ ।’

उनले पाचँ लाख नेपालीहरु कार्यरत कतारमा नेपाली कल्चर सेन्टर खोली नेपालीको कला र सँस्कृतीको जर्गेना तथा सम्मानका लागी पहल गर्ने बताउछन । उनले जातिय तथा राजनितीक सोच भन्दा माथी रहेर कतारमा कार्यरत नेपाली श्रमिकहरुको हकहितका लागी संस्थालाई अघाडी बढाउन आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

पदिय लालसा भन्दा संस्था प्रतीको दायित्वको निर्वाह गर्न क्रियाशिल रहने र धनाड्यहरुको मात्र संस्था हो भन्ने भ्रमलाई तोड्दै एनआरएनएलाई कतारमा रहेका नेपालीहरुको साझाँ संस्थाको रुपमा रुपान्तरण गर्ने पहल कदमी भुमिका निर्भाह गर्ने उनको सोच रहेको बताउछन ।