३० आश्विन २०८३, शुक्रबार

कहाँ-कहाँ बन्दैछन् क्रिकेट स्टेडियम ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-cricket-Ground-Kathmandu-1
निर्मार्णाधिन कीर्तिपुर क्रिकेट स्टेडियम ।

काठमाडौं, २९ असार । आगामी आर्थिक वर्ष २०७२/०७३का लागि सरकारले मंगलबार सार्वजनिक बजेटमा देशभरी क्रिकेट स्टेडियल निर्माण गरिने भएका छन् ।

सरकारले सार्वजनिक गरेको बजेटमा धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने उल्लेख गरिएको छ ।
यस्तै, काठमाडौंको मुलपानीमा निर्माणधिन क्रिकेट स्टेडियमका लागि ११ करोड विनियोजन भएको छ । आगामी आर्थिक वर्षमा आयोजना हुने डिभिजन–३ स्तरको अन्तर्राष्ट्रिय क्रिकेट खेल सञ्चालन गर्न कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाइने उल्लेख छ ।

त्यस्तै, दशरथ स्टेडियमलाई पनि पुनर्निर्माण गर्न सरकारले १३ करोड विनियोजन गरेको छ । यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा क्रिकेट मैदान बनाउन पनि बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

क्रिकेट खेलमा नेपालले प्राप्त गरेको सफलता र यस खेलमा नेपाली युवाको बढ्दो आकर्षणलाई कायम राख्नका लागि काठमाडौँ बाहिरका मुख्य सहरमा क्रिकेट मैदानको निर्माण गरिने, धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण कार्यको थालनी गरिने अर्थमन्त्री डा रामशरण महतले बताउनुभयो । सरकारले खेलकुद क्षेत्रको समग्र विकासका लागि आगामी आवमा कुल दुई अर्ब सात करोड रकम विनियोजन गरेको छ ।