
काठमाडौं, ७ बैशाख । तनहुँको नेपालडाँडामा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
लमजुङको बेंसीशहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौंबाट लमजुङको बेंसीशहरतर्फ आउँदै गरेको माइक्रोबस तनहुँको नेपालडाँडा नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको र माइक्रोबसमा सवार एकजनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।












प्रतिक्रिया