नेपालगन्ज, २९ असार । बाँकेको कोहलपुर बजारमा आज बिहान २८ वर्षीय युवक विकास श्रेष्ठलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाइएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर केसीका अनुसार कोहलपुर–११ का श्रेष्ठमाथि सोही स्थानका २२ वर्षीय मनोज पौडेलले छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट टाउकामा गम्भीर चोट लागेका श्रेष्ठको स्थानीय कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । फरार अभियुक्त श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया