१४ कार्तिक २०८३, शनिबार

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरूद्व चार दिनअघि नै पक्राउ पुर्जी जारी भएको हो । डा. अहिराजले एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको उजुरी परेको छ ।

उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् ।

२०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश मधेश मामिलाका जानकार मानिन्छन्।