७ कार्तिक २०८३, शनिबार

उपाध्यक्ष पन्त र सचिव शाही युवा संघबाट निलम्बित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilu-nareshकाठमाडौं, २८ असार । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उपाध्यक्ष दिलकुमारी पन्त र सचिव नरेश शाहीलाई निलम्बन गरेको छ ।

युवा संघको केन्द्रीय कार्यालय, बुद्धनगरमा अध्यक्ष निरुदेवी पालको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले संगठनभित्र अराजकता देखिएको भन्दै उपाध्यक्ष पन्त र सचिव शाहीलाई कारवाही गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले बताए ।

‘विगत लामो समय देखी अराजकता, उदण्डता साथै संघको विधान, मुल्य, मान्यताविपरित गतिविधी संचालन गरेको हुँदा अर्को निर्णय नहुन्जेलसम्म लागि संघका उपाध्यक्ष पन्त र सचिव शाहीलाई निलम्बन गर्ने निर्णय बैठकले गरेको छ’ युवा संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्ता छन् युवा संघको स्थायी कमिटीको बैठकले गरेका निर्णयः

निर्णय नम्बर १
क) अनियमित रुपमाआर्थिक संकलन, संगठनको लेटप्याड, आर्थिक सहयोग रसिद, नक्कली छाप आदिको दुरुपयोग गरेको ।

ख) संघको व्यानरमाविभिन्न समयमा समानन्तर गतिविधी संचालन गरी संघको गरिमा र महत्व घटाउने काम गरेको ।

ग) विभिन्न समयमा संघको गोपनीयतालाई भंगहुने गरी प्रेश विज्ञप्ती प्रकाशन गर्ने, संघलाई खुइलाउने गरी अन्तरवार्ता दिने गरेको ।

घ) संघ र पार्टीका नेताहरुलाई विभिन्न लाल्छना लगाई मिडियावाजी गरेको ।

ङ) संघको विधानमा कुनै पनि उपाध्यक्षलाई वरिष्ठ उपाध्यक्ष नभनिएको अवस्थामा आफूलाई वरिष्ठ उपाध्यक्ष भनि संघको विधान विपरित समानान्तर सर्कुलर जारी गरेको ।