३० आश्विन २०८३, शुक्रबार

‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्कासन हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड भोलि निष्काशन हुँदैछ । फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ।

फण्डमा रहेको १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरिएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अवधि वैशाख ७ गतेसम्म रहनेछ तर उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ। लम्बिएको अवधिसम्म पनि कम्तीमा ५ करोड इकाई बिक्री नभएमा उक्त योजना खारेज गरी पन्ध्र दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ।

क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ४ प्लस रेटिङ्ग दिएको छ।

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालका साथै मेरो शेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

यो योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षपछि परिपक्व हुनेछ र परिपक्व भएपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।