२० असार २०८३, शनिबार

सिटिजन्स बैंकद्वारा १८औं वार्षिकोत्सवको अवसरमा छुट योजना सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाइनमार्फत १,००० रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रुपैयाँ क्यास ब्याक दिइने बैंकले जनाएको छ ।

यसैगरी, सिटिजन्स मोबाइल बैंकिङमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रुपैयाँ क्यास ब्याक प्रदान गरिनेछ । साथै, फोन पे मर्चेन्टले आफ्नो व्यवसायिक कारोबार रकम क्युआरमार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई १,८०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाइल बैंकिङमार्फत मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, बैंकको एक मोबाइल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुने बैंकले जनाएको छ । वार्षिकोत्सवकै उपलक्ष्यमा वैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।