मुस्ताङ, २९ असार । म्याग्दी, पर्वतका अविवाहित युवतीहरु अबैध गर्भपतन गराउन मुस्ताङ आउने गरेको खुलासा भएको छ ।
असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भलाई फाल्न म्याग्दी, पर्वतका अधिकांश युवतीहरु हजारौँ रकम खर्चेर मुस्ताङ आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
यस आर्थिक वर्षमा १३ जनाले गर्भपतन गराएको छन् । गर्भपतन गराउनेमा अधिकांश म्याग्दी, पर्वतका रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका बद्री प्रसाद शर्माले बताए । आर्थिक वर्ष ०७०/७१ मा १२ जनाले गर्भपतन गराएका थिए । गर्भपतन गर्न आउनेमा अविवाहितको संख्या बढी रहेको पनि उनले जानकारी दिए ।
गर्भपतन गर्न चाहानेले कानूनी दायरमा रहेर ९ देखि १८ हप्तासम्मको गर्भ पतन गर्न सक्नेछन् । नौ हप्तासम्मको एक हजार रुपैयाँमा औषधीको माध्यमबाट गर्भपतन गर्न सकिने भएता पनि १२ देखि १८ हप्तासम्मको लागि भने एक हजार पाँच सय रुपैँया खर्चेर शल्यक्रियाबाट गर्भपतन गर्भपतन गराउनुपर्ने हुन्छ ।
















प्रतिक्रिया