११ श्रावण २०८३, सोमबार

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । अमेरिकाको न्यूयोर्कमा बिहीबार एक यात्रुवाहक हेलिकप्टर हडसन नदीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार तीन बालबालिकासहित सबै छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘सबै छ जना पीडितहरूलाई पानीबाट उद्धार गरिएको छ,’ न्यूयोर्कका मेयर एरिक एडम्सले मिडिया ब्रिफिङमा भने, ‘दुःखको कुरा, सबै छ जना पीडितहरूलाई मृत घोषित गरिएको छ ।’ उनले थप भने कि यो एउटा हृदयविदारक र दुखद दुर्घटना हो ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लगिएपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

मेयर एडम्सका अनुसार मृतकहरूमा एक स्पेनी परिवार र पाइलट रहेका छन् । यद्यपि, अधिकारीहरूले दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान सार्वजनिक गरेका छैनन् ।