३० असार २०८३, मंगलबार

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रंकलाइन’को बाँकी बक्यौता रकम उठाउन निर्देशन दिएका छन् ।

आज ऊर्जा मन्त्रालयमा मन्त्रालय सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा। रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर उनले बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिएका हुन् ।