१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनापछि तलब बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काममा फर्किएसँगै कर्मचारीले तलब पाएका हुन् ।

मेयर बालेन शाहले निलम्बनमा राखेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले काममा फर्काएका थिए ।

महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ । गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो।