महेन्द्रनगर, २८ असार । कञ्चनपुरका आरक्षपीडितहरुले सिँचाईमन्त्री नारायण प्रकास साँउदलाई चुनावका बेला आरक्षपीडितसंग गरेका बाचा कहिले पुरा गर्ने प्रश्न गरेका छन् ।
सोमबार बीबीसी नेपाल सेवाले महेन्द्रनगरमा आयोजना गरेको यस क्षेत्रका समस्या बारे साझा सवाल कार्यक्र्ममा सहभागी आरक्षपीडितले मन्त्री साँउदलाई यस्तो प्रशन गरेका हुन् ।
पीडितहरुले चुनावका बेला नेताहरुले गरेका बाचा भुलेको र स्वयम मन्त्रीले समेत आरक्ष पीडितका समस्या भुलेको गुनासो गरेका छन् । आरक्ष पीडितहरुले लिखित र मौखिक रुपमा समेत आफ्ना समस्या बारे मन्त्रीलाई अवगत गराएका छन् ।
आरक्षपीडित पार्वती भाटले विस २०५८ सालमा हात्ती र बन्दुकको बलमा आफुहरुलाई जबरजस्ती उठाएपनि विस्थापित गरेको १० बर्ष वितिसक्दा पनि पूनर्स्थापना नभएको गुनासो गरे । सरकारले आफुहरुको पूर्नस्थापनाका लागि कुनै पनि पहल नगरेका कारण आफुहरु खुलाआकासमुनी बस्न बाध्य भएको उनको गुनासो छ । कञ्चनपुरबाट ११ सभाषद सहित एक मन्त्री हुँदा समेत आफुहरुको समस्याबारे केन्द्रमा पहल नगरेको उनको आरोप छ । पीडितहरुका नाममा २८औँ आयोगबनिसन्दा पनि पीडितको पीडा उस्तै गरेको उनले अनुभव सुनाए ।
आरक्ष पीडितका बालबालिकाहरु अधिकारबाट समेत बञ्चित रहेको भन्दै पीडितका बालबालिकाहरुले अझैसम्म पनि अधिकार नपाएको उनको भनाई छ । पीडितले भाटले सिँचाईमन्त्री साउँदलाई भन्नुभयो–‘भोट माग्नेबेला पीडितको झुपडीमा दुई हातजोडेर माग्नुभयो, तर चुनाव जितेपछि नमस्कार समेत लिनुभएन् ।’
नेताहरुको यस्तो स्वार्थी प्रवृतिका कारण आफुहरु रातदिन मच्छर र सर्पको सिकार बनिएरहेको उनको विश्लेषण छ । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले साझा सवाल मार्फत मन्त्री साँउदलाई लिखित सुझाव दिएका छन् ।
भण्डारीले लामो समयवितिसक्दा पनि पीडितको समस्या किन समाधान भएन् ? के आरक्ष पीडितको समस्या सरकारले समाधान गर्न नचाहेको हो की ? तपाईले हामीसंग गरेका बाचा भुल्नुभएको हो की ? अनि आरक्ष पीडितको बारेमा कति पहल भईरहेको छ ? भन्ने जिज्ञासा अध्यक्ष भण्डारीले प्रशन गर्नुभएको छ ।
आरक्षपीडितको प्रश्नमा मन्त्री साँउले सरकारले एक प्रशासनिक आयोग बनाएर काम थालेको बताएका छन् । आरक्षपीडितको समस्या समाधानका लागि कार्यदल बनाएर काम अघि थालेको छ, वास्तविक आरक्षपीडितको पहिचान गरेर उनीहरुको समस्या समाधान बारे सरकारले आवश्यक कदम चाल्ने उनको आश्वासन छ ।
कञ्चनपुरका युवा दिल बहादुर देउवाले सभाषद, मन्त्रीले भनेको कुराको सुनुवाई नभएको भन्दै जनताको समस्याको कहाँ गएर सुनुवाई हुने चिन्ता व्यक्त गर्नुभयो ।















प्रतिक्रिया