२० कार्तिक २०८३, शुक्रबार

प्रचण्ड, देउवा, नेपाल लगायतका नेतालाई भारत नजान अपिल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-nepal-deuba

काठमाडौं, २८ असार । भारत भ्रमणको तयारीमा रहेका नेपालका शीर्ष नेताहरुलाई बुद्धिजिवीहरुले सार्वजनिक रुपमा अपिल गरेका छन् । संविधान निर्माणको समयमा जनताका राय सुझाव संकलनमा लाग्नुपर्ने भन्दै उनीहरुले शीर्ष नेताहरुलाई भारत नजान अपिल गरेका हुन् ।

संविधान लेखनको अति संवेदनशील घडीमा कुनै पनि राजनीतिक दलका नेता परामर्शका लागि नयाँदिल्ली जानु भनेको नेपालको स्वायत्त इतिहाँस तथा नेपाली जनताको सार्वभौम इच्छाशक्तिको अवमूल्यन भएको उनीहरुको ठहर छ ।

समाजसेवी तथा बुद्धिजिवी सुबोध प्याकुरेल, दिनेश त्रिपाठी, शिव विसंखे, सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाईले सोमबार सार्वजनिक गरेको अपिलमा ‘संविधान बनाउने बेलामा शीर्ष नेताहरु भारत भ्रमण जानु भनेको जननिर्वाचित संविधानसभाको अपमान हो ।’ भनेका छन् ।

समाचार अनुसार नेपालका शीर्ष नेता पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, रामचन्द्र पौडेल तथा विजयकुमार गच्छदार एकपछि अर्को गरी भारतको नयाँदिल्ली जाने तयारीमा छन् । प्रचण्डको मंगलबार(भोली) भारत भ्रमणमा जाँदैछन् ।

‘संविधानसभाले जनतासंग राय लिने काम भर्खर शुरु गरेको यस वेला आफ्नै निर्णयमा या भारतीय निम्तोमा नयाँदिल्ली नजान नेताहरुलाई हामी सल्लाह दिन्छौ । नेपालको संविधान नेपालीले लेख्ने हो, छिमेकी मुलुकको यस कार्यमा मात्र सौहद्र्रता चाहिएको छ ।’ अपिलमा भनिएको छ ।