गोरखा, २८ असार । गोरखा नगरपालिका–३ स्थित ६३ वर्षीया रनमायाँ राणाको घरमा उनकै भतिजाले संचालन गरेको होटलमा आइतबार राति खाना खाई सुतेका ५ जना सोमबार बेहोस अवस्थामा फेला परेका छन् ।
वेहोस हुनेहरुमा घरधनी रनमायाँ तथा होटलमा लेबर काम गर्नेहरु टाङलीचोक–२ की १९ वर्षीया बर्षा थापा क्षेत्री, बगुवा–६ की २७ वर्षीया सुर्चन श्रेष्ठ, बगुवा–३ का १६ वर्षीय सचिन न्यौपाने, धादिङ कल्लेरी–२ का १८ वर्षीय कृष्ण श्रेष्ठ रहेका छन् ।
उनीहरु बिहान नउठेपछि छिमेकीहरुले बेहोस अवस्थामा फेला पारी उपचारको लागि गोरखा अस्पताल लगेका थिए । सामान्य उपचारपश्चात ३ जनालाई थप उपचारको लागि भरतपुर चितवन पठाइएको छ भने अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल एकिन नाम, थर, वतन नखुलेकी रुकुम घर बताउने अन्दाजी ५५ वर्षीया महिला बिगत १६ दिनदेखि होटलमा काम गर्न बसेको र हाल ती महिला फरार रहेकोले उनको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया