काठमाडौं, २८ असार । काठमाडौंमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।
दक्षिणकाली नगरपालिका–११ छैमले बस्ने ७९ वर्षीय बिष्णुबहादुर खत्रीको सोमबार आफैले आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बस्ने टिनको छाप्रोमा कोही नभएको अबस्थामा शरीरमा मट्टीतेल छर्की आगो लगाउँदा उनको मृत्यु भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया