रसुवा, २८ असार । रसुवामा एक पुरुषले कुटीकुटी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गाडीचालकको काम गर्ने लहरेपौवा गाबिस–९ बस्ने ४० बर्षीय सुव्बाबहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सुब्बाबहादुरले घरायसी विवादमा उनकै ३२ बर्षीया श्रीमती कुमारी विकलाई कुटपिट गरी हत्या गरेको भन्ने प्रहरी चौकी कालीकास्थानमा जानकारी हुनासाथ प्रहरी खटि गएर उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रसुवा ल्याएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया