१ कार्तिक २०८३, आइतबार

दुर्गेश थापाको कन्सर्टमा आईएमई पे र खल्तीबाट टिकट काट्न सकिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । आगामी बैशाख १८ गते काठमाडौंको बौद्वस्थित हयात ग्राउन्डमा हुने दुर्गेश थापाको कन्सर्टका लागि आईएमई पे र डिजिटल वालेट खल्तीबाट टिकट काट्न सकिने भएको छ ।

ट्राइएङ्गल इन्कद्वारा आयोजित कन्सर्टका लागि खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सकिने सुविधा उपलब्ध गराएका हुन् ।

दर्शकहरूले आफ्नो प्रवेश टिकट आइएमई पे तथा खल्ती एपको ‘इभेन्ट्स’ सेक्सनबाट लिन सक्नेछन् । दर्शकले कन्सर्टका लागि फ्यानपिट, सिल्भर र गोल्ड टिकटमध्ये एक छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

गायक थापाले आफ्ना अत्यन्तै चर्चित गीतहरू प्रस्तुत गर्नेछन् भने अन्य विभिन्न गायत तथा कलाकारको मनोरञ्जनात्मक प्रस्तुति पनि हुनेछ ।