७ कार्तिक २०८३, शनिबार

नेपालका कुन-कुन जिल्लामा बढ्यो सवारी दुर्घटना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-accident-Dhading7Bus-accident-Dhading7काठमाडौँ, २८ असार । झापा तोपगाछी-५ स्थित महेन्द्र राजमार्गमा रोकी राखेको ना३ख ६२९० नंको ट्रकमा गएराति को४प ३९९३ नंको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी धरान नगरपालिका–१६ बस्ने २७ वर्षीय हिमाल कन्दङ्वा र सङ्खुवासभा सेखवा–४ बस्ने २६ वर्षीय प्रेम लामाको लाइफ लाइन अस्पताल दमक उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, सिन्धुली शीतलपाटी–४ रिट्ठेपाखास्थित बिपी राजमार्गमा बा४५प ८८६८ नंको मोटरसाइकललाई गएराति नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी खर्तिया–२ बस्ने १८ वर्षीय इब्राइम खानको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइलक चालक राजविराज नगरपालिका–१ बस्ने १८ वर्षीय दिनेश यादवसमेत गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेल अस्पतालमा पठाइएको छ । ठक्कर दिने फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, सुनसरी धरान नगरपालिका–५ स्थित नाअअप १५१० नंको पिकअप जिपले को५प ६९९३ नंको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ४५ वर्षीय गोविन्द विसुन्केको उपचारकै क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसी यात्रा गर्ने सशस्त्र प्रहरी बल टक्सार, भोजपुरमा कार्यरत सशस्त्र प्रहरी हवल्दार मीनबहादुर नेपालीसमेत गम्भीर घाइते भएकाले उपचारका लागि धरान घोपा अस्पतालमा लगिएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी जारी छ ।

झापा मेची नगरपालिका–९ राजमार्गमा डब्लु बी ०२ आर ५७९८ नंको कारले आइतबार सडक छेउमा बसिरहेकी शान्तिनगर–१ बस्ने ७५ वर्षीया मालती रङ्गेली ठकुरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । रासस