२० कार्तिक २०८३, शुक्रबार

संविधान बनेपछि पनि संविधानसभालाई जिवितै राख्नुपर्छ : नेता देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaकाठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी भएपछि पनि संविधानसभा विघटन गर्न नहुने बताउनुभएको छ ।

आज ललितपुरम नेपाल दलित संघद्वारा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ नेता देउवाले तत्काल सीमांकनसहितको संघीयतामा सहमति जुट्न सम्भावना कम रहेकाले संविधान जारी गरिसकेपछि पनि संविधानसभा कायमै राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले दलहरुबीच सीमांकन सहितको संविधान ल्याउने बारे छलफल चलिरहेको उल्लेख गर्नुभयो । ‘असन्तुष्ट दलहरुका मागलाई सम्बोधन गर्न पनि सीमांकन सहितको संविधान जारी गर्नुपर्छ, पूर्व प्रधानमन्त्री समेत रहुनभएका नेता देउवाले भन्नुभयो, ‘तत्काल सहमति नभए संविधान सभालाई कायमै राखेर संविधान जारी भएपछि यसको टुुंगो लगाउनुपर्छ ।’

उहाँले संविधानसभाबाटै संघीयताको टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षणमा सहभागि हुन देशभरबाट दलित संघका प्रतिनिधीहरु सहभागि भएका छन् ।