काठमाडौं, २८ असार । रियल म्याड्रिडका क्याप्टेन तथा विश्व प्रसिद्ध गोलकिपर आइकर क्यासिलसले म्याड्रिडको बर्नानेउ रङ्गशालामा पत्रकार सम्मेलन गर्दै आफू रियल म्याड्रिडबाट अलग भएको घोषणा गर्नुभएको छ ।
पत्रकारमाझ भाबुक देखिनु भएका क्यासिलसले आफू ९ वर्षको उमेरदेखि रियल म्याड्रिडको टि-सर्ट लगाएको स्मरण गर्दै आफ्नो रियलसँगको लगाव २५ वर्षसम्म कायम रहेको बताउनुभएको छ ।
क्यासिलस एफ सी पोर्टोमा पठाइएपछि रियल म्याड्रिडबाट अलग भएको घोषणा गर्नुभएको हो । सम्मेलनमा सबै आफ्ना शुभेच्छुक तथा समर्थकलाई आफूलाई लामो समयदेखि माया गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले आफूलाई रियल म्याड्रिडले मानवीय मूल्य मान्यता, सम्मान तथा नम्रताको पाठ सिकाएको बताउँदै क्लबसाथै क्लबसँग सम्बन्धित सबैलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया