
काठमाडौं, १९ चैत । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद फकुवा गर्न नसक्ने स्पष्ट पारेका छन् ।
आज निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई भेट्न पुगेका सभापति लामिछानेसहित रास्वपाका नेताहरूलाई सभामुखले आफूले सूचनामात्रै जारी गरेकाले निलम्बन फुकुवा गर्न नसक्ने बताएका हुन् ।
‘सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन। मैले सूचनामात्रै जारी गरेको हो। कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ। मैले निलम्बन फुकुवा गर्न सक्दिनँ,’ सभामुखले भने।















प्रतिक्रिया